ताजा अपडेट »

जातीय विभेद अन्त्य गर्न नेकपा तिलोत्तमाको आग्रह

बुधबार, २१ जेठ २०७७, २० : २१
4 Shares

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिएको छ । छुवाछुतमुक्त नेपाल घोषणा भएको दिन बुधबार विज्ञप्ती जारी गर्दै नेकपा तिलोत्तमाले राजनीतिक दल, नागरिक समाज र अधिकारकर्मी सबैले फेरि एकपटक जातीय छुवाछुत र जातीय विभेद वैज्ञानिक हिसाबले असत्य, सामाजिक हिसाबले निन्दनीय, मानवीय हिसाबले अमानवीय र सभ्यताको दृष्टिले कलंकित छ भन्ने कुरालाई जोडदार रूपमा उठाउने र यो सत्यलाई सबैले स्विकार गर्ने सामाजिक मनोविज्ञान निर्माणमा दृढतापूर्वक लाग्नु पर्नेमा जोड दिएको छ ।

नेकपाका नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा रूकुम चौरजहारीमा भएको नवराज बिक सहित ६ जनाको निधन र एकजना बेपत्ता सहितको घटना २१ औ सताब्दी र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि अशोभनिय र अक्षम्य अपराध भएको समेत जनाइएको छ । यो घटनाले सामाजिक न्याय र समतामूलक समाज निर्माणमा गम्भीर प्रश्न खडा गरेको र सुरक्षा व्यवस्थामाथि पनि चुनौती थपेको विज्ञप्तीमा उल्लेख छ ।

अन्तरजातीय विवाहलाई अस्विकार गर्दा श्रृजित यस घटनाको तत्काल निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न र अपराधमा संलग्नहरूमाथि कडा कानूनी कारवाही गरी भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन चनाखो हुन विज्ञप्तीमार्फत सरकार र प्रशासनसँग माग गरिएको छ ।
साथै विज्ञप्तीमा रुकुम घटनामा मृतकका परिवारलाई न्यायको अनुभूति सहित उचित क्षतिपूर्ति र घाईतेहरूको उपचार गर्न सरकारसँग माग गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।