२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

जीतपुर । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक सातापछि आज सार्वजनिक गरिएको हो । दुई दिनअघि वडा नं ११ का दुईमा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको अहिले भैरहवामा उपचार भइरहेको छ ।

वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङका आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएको मध्ये दुईबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले बताए । स्वाब सङ्कलन गरिएकामध्ये सञ्चारकर्मी १७, जनप्रतिनिधि १३, नगरका कर्मचारी २८, सुरक्षाकर्मी दुई, क्वारेन्टिनमा रहेका १५ र समुदायका ७५ गरी १५२ को स्वाब सङ्कलन भएको थियो । कपिलवस्तुको सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो/टेलिभिजनका दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्टेशन भवनलाई क्वारेन्टिन बनाएर आठ सञ्चारकर्मी बसेका थिए । त्यहाँ कार्यरत नौ कर्मचारी होम क्वारेन्टिनमा बसेका थिए । सबैको रिपोर्ट नेगेटिभ आएपछि १२ दिनदेखि क्वारेन्टिनमा बसेका सञ्चारकर्मीलाई आज क्वारेण्टाइनबाट बिदा गरिएको छ ।

बाह्र दिनसम्म सञ्चारगृहको क्वारेन्टिनमा बसेर जनतालाई सूसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधिक शाखाका सञ्चारकर्मीलाई व्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकामा खुसी व्यक्त गरे । अहिलेसम्म देशभर १८ सञ्चारकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति