ताजा अपडेट »

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बुधबार, २१ जेठ २०७७, १८ : ५६
4 Shares

दाङ । दाङको घोराही लमही सडकखण्डको मसोटखोलामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक भारत निबासी भलदेव सिङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

घोराहीबाट भारतका लागि छुटेको टि.भि ०५ डब्लु ७७३३ नम्बरको भारतीय ट्रकले सोही दिसातर्फ गईरहेको रा ४ प ४१६६ नम्बरको मोटरसाईकलाई घोराही–लमही सडकखण्डको मसोट खोलामा ठक्कर दिएर सडकदेखि १५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो । त्यसैगरी घाईते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका ४ निबासी भगवानदिन चौधरी र रञ्जना चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घाईते दुबैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।