ताजा अपडेट »

लकडाउन मोडालिटी र कोरोना नियन्त्रणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

बुधबार, २१ जेठ २०७७, १३ : ४६
6 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी परिवर्तन र कोरोना नियन्त्रणबारे विज्ञहरूसँग छलफल गर्न लागेका छन्। ओलीले सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ,अर्थविद,योजनाविद,नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएको छ । मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।