ताजा अपडेट »

प्रहरीलाई कोरोना सुरक्षा सामग्री सहयोग

बुधबार, २१ जेठ २०७७, १३ : ४२
22 Shares

दाङ । विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट प्रहरीलाई बचाउन सुरक्षा सामग्री वितरण गरिएको छ । दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालिले दाङको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल धारापानिमा रहेको अस्थायी प्रहरी पोष्टलाई कोरोना सुरक्षा सामाग्री सहयोग गरेको हो ।

घोराहीको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले अस्थायी प्रहरी पोष्ट धारपानीका प्रमुख प्रहरी सहायक निरिक्षक सन्तोष आचार्यलार्ई बुधबार सेनिटाईजर, मास्क र ग्लोव्स हस्तान्तरण गरेकोे हो । नेपाल पत्रकार महासंघ दाङका प्रदेश पार्षद् सन्तोष अधिकारीको पहलमा अस्थायी प्रहरी पोष्ट धारापानीलाई सेनिटाईजर, मास्क र ग्लोव्स उपलब्ध गराइएको हो । कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउन नेपाल सरकारले सुरु गरेको लकडाउनलाई सफल बनाउन अहोरात्र खटिदै आएको प्रहरी प्रशासनलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सेनिटाईजर, मास्क र ग्लोब्स उपलब्ध गराएको बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालिका सिईओ बालाराम शर्माले जानकारी दिए । हस्पिटलको तर्फबाट प्रहरीलाई २ सय प्रति इक्जामिनेशन ग्लोव्स, २ सय प्रति नन ओभन मास्क र २ लिटर सेनिटाईजर उपलब्ध गराएको सिईओ शर्माले जानकारी दिए ।

“गाँउगाँउमा रहेका क्वारेन्टिनमा जादा सुरक्षा सामाग्रीको अभाव भएको जानकारी पाएपछि निरन्तर ड्यूटी गरिरहेका प्रहरीहरुलाई कोरोनाको उच्च जोखिम भएकोले हामीले सुरक्षा सामाग्री उपलब्ध गराएका हौ” सिईओ शर्माले भने । कोरोनाको संक्रमण रोक्न दिनरात नभनेर खटिने सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री सहयोग गरेकोमा प्रहरी सहायक निरिक्षक आचार्यले धन्यवाद दिए । घोराही उपमहानगरपालिका ५ र ६ नं. वडाको सुरक्षा जिम्मा पाएको प्रहरीले अहिलेसम्म कसैले सुरक्षा सामाग्री सहयोग नगरेको जानकारी दिए । “५ नं. वडा कार्यालयले कहिलेकाही मास्क दिएपनि अरु कसैले सहयोग गरेको थिएन” प्रहरी सहायक निरिक्षक आचार्यले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।