ताजा अपडेट »

कम्तिमा १ वर्षलाई शिक्षामा यसो गरौं र नतीजा हेरौं

सोमबार, १९ जेठ २०७७, १३ : ३०
4 Shares

एक वर्षलाई हाल उपलब्ध भए अनुसार सरकारी विद्यालयमा निजीका शिक्षक,कर्मचारी र तलब, निजी विद्यालयमा सरकारी शिक्षक,कर्मचारी र तलब साटा- साट तथा प्रदान गरौं ।
किनकि :
१. निजी विद्यालयलले भन्छन् उनिहरु सरदर प्रति विद्यार्थी मासिक रु. ३ हजार ९सय ५० शुुल्क लिन्छन् । जुन शुुल्कले सम्पूर्ण खर्च व्यवस्थापन गरी सेयर सदस्यलाई नाफा, विद्यार्थी संघ–संगठनलाइ चन्दा, नेतालाई चुनाव खर्च दिन्छन् । संगठन परिचालन भेला सम्मेलनमा र चुनावमा को–कसले कति लिएका थियौ र लिइरहेका छ्न्, मनमनै मनन गरौ । आम अभिभावक आफ्ना बच्चालाई जसरी पनि निजीमा भर्ना गर्न लालायित हुन्छ्न । तर,नेपाल सरकारले सरकारी बिधालय मा प्रती बिद्यार्थी मासिक करिब रु. ५५०० लगानी गरेको छ । सबैभन्दा उत्कृष्ट र योग्यता पुगेका शिक्षक सरकारी विधालयम छन् । वर्षमा कम्तिमा १ ओटा तालिम लिन्छ्न । आवश्यक न्यूूनतम सुविधा राज्यले दिइरहेको छ । निजीको तुलनामा सरकारी विद्यालयका शिक्षक कर्मचारीलाई सबै सुविधा उपलब्ध हुँदा पनि किन नतिजा सन्तोसजनक हुदैन र अभिभावक ले निजी विद्यालय रोज्छ्न् । यस बारेमा एकपटक छलफल गरौं ।

२. उदाहरणीय भनिएका सरकारि शिक्षण संस्था जसले अंग्रेजी भाषामा पढाएबापत निजी विद्यालयको हाराहारी विद्यार्थीबाट अतिरिक्त शुुल्क लिन्छ्न ।

३. उत्कृष्ट र कहलियका अधिकांश सरकारी विद्यालयको विद्यार्थीको श्रोत निजी विद्यालय छ्न । करिब–करिब१०० जना विद्यार्थीबाट १० जना प्रवेश परीक्षामार्फत भर्ना गर्ने जुन निजी विद्यालयमा ८० प्रतिशतभन्दा बढी नम्बर लियर उत्तिर्ण गरेका हुन्छन् ।

४. २ दर्जन भन्दा बढी निजी विद्यालयका उत्कृष्ट विद्यार्थी भर्ना गरेर आउने सरकारी स्कुलको नतिजालाई उत्कृष्ट र उदाहरणिय स्कुल मान्न सकिन्छ या सकिदैन ।

५. अघिल्ला २ वर्षका एसइइईमा सहभागी हुने विद्यार्थीले कक्षा ७ र ८ सम्म कहाँ–कहा पढेका थिए र सोहि स्कुलको कक्षा १ देखिका ओरिजिनल विद्यार्थी कति थिए ? डाटा खोजौ न । उत्कृष्ट एवम् उदाहरणिय स्कुलको ।

६. अहिलेकै लकडाउनको समयमा निजी अधिकांश निजी विद्यालयले जे सुकै मनसाय राखेर भएपनी विद्यार्थीसँग कुनै कुनै रुपले जोडिएका छ्न । तर, अरबौ रुपैयाँ खर्च गरेर प्रविधीमैत्री बनाउन सरकारले गरेको लगानी कहाँ गयो । आज एक–आध स्कुल बाहेक धेरै सरकारी विद्यालय आफ्ना विद्यार्थी कहाँ छन्, के गरिरहेका छन् ,जानकारी केहि छ ? चैत्रदेखि तलब नपाएका निजीका मासिक ७ हजारमा पढाउने शिक्षिकाले दिनको २ पटक आफ्नो विद्यार्थी कहाँ छन् , के गरिरहेका छ्न ? भनेर सम्पर्क गर्छिन् । तर, मासिक २५ हजार भन्दाबढी तलब खाने सोहि दर्जाको सरकारी सिक्षक के काममा व्यस्त छ्न ? कसैले खोजिनीति गरेका छौं ?

आउनुहोस् खुल्ला दिलले छलफल गरौ । शिक्षामा समस्या कहाँनिर छ ? व्यवहारिक रुपमा खोजौ न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।