ताजा अपडेट »

आज २९७औं पृथ्वी जयन्तीः कतै कदर,कतै आलोचना

शुक्रबार, २७ पुस २०७५, ०५ : १५
6 Shares

पुस २७,
ग्लोबल आवाज
बुटवल । आज नेपाल एकिकरणका नायक एकताका प्रतिक पृथ्वी नारायण शाहको आज २९७ औं जन्मजयन्ती हो । वि.सं.१७७९ पौष २७ गते जन्मिएका शाह गोरखाली राजा नर भूपाल शाह र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्र थिए । शाहले ततकालिन समयमा छरिएर रहेका बाइसे–चौविसे राज्यहरुलाई एकिकृत गरी नेपाललाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेका थिए ।


दुरदर्शी राजा शाहले बाहिरी हस्तक्षेप र आक्रमण हुनसक्ने आशंका गर्दै एकता नै बल हो भन्ने मान्यताको साथ एकिकरण अभियानमा लागेका थिए । उनले भौगोलिक तवरले सिंगो राष्ट्र निर्माण गरेका हुनाले उनलाई राष्ट्र निर्माता पनि भनिन्छ । तत्कालिन समयमा मानवीय भावना र अधिकारभन्दा पनि जसरी भएपनि भौगोलिक एकिकरण मै जुटेका हुनाले उनको आलोचना पनि हुने गर्दछ । यद्यपी उनको एकता अभियानको कदर गर्दै नेपालमा हरेक वर्ष पौषमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो ।

तर, पछिल्ला वर्षहरुमा नेपाल सरकारले राष्ट्रिय विदा नदिएपनि विभिन्न दल ,समाज, संघसंस्था लगाएत व्यक्तिहरुले उनको योगदानको कदर गर्दै यो दिन उनलाई स्मरण गर्ने गर्दछन् । आज पनि केही प्रदेशका स्थानीय तहहरुमा सार्वजनिक विदा दिई पृथ्वी जयन्ती मनाइ राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।