ताजा अपडेट »

बजेट प्रस्तुत भोलि ४ बजे

बुधबार, १४ जेठ २०७७, १८ : ३७
6 Shares


काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण ९बजेट० सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे । आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।