ताजा अपडेट »

आदिवासी जनजाति पत्रकार महासंघद्वारा पत्रकारलाई सहयोग

बुधबार, १४ जेठ २०७७, १८ : २४
4 Shares


बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले पत्रकारहरुलाई माक्स, सेनिटाईजर, ग्लोबस प्रदान गरेको छ । बुटवल–८ सुख्खानगर स्थित फोनिज कार्यालयमा फोनिजमा आवद्ध सदस्यहरुलाई बुधबार माक्स, सेनिटाईजर वितरण गर्नुका साथै कोरोना बिमाका लागि सहयोग समेत गरेको छ । कोरोना महामारीका कारण पत्रकारहरु उच्च जोखिममा रहेकाले यसबाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाले बताए ।

सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश ५ का अध्यक्ष मिलन गाहा, नेफिन रुपन्देहीका अध्यक्ष शकंर गाहा, नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे, सञ्चारकर्मीहरु सुमन श्रेष्ठ, गोविन्द घर्ती, दिपु मगर लगायतको उपस्थिती रहेको थियो । साथै नमस्ते किड्स नेपालका प्रदेश अध्यक्ष सरिता थापा, युवा अभियानता तेज बहादुर रानाले फोनिजका लागि सेनिटाईजर सहयोग गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।