ताजा अपडेट »

नेपालमा कोरोना संक्रमितको संख्या ८८६, थप ११४ जनामा संक्रमण

बुधबार, १४ जेठ २०७७, १६ : ३७
4 Shares

बुटवल । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बुधबारमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ । पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । 

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।