पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-१ ठूलीउदाङमा विपन्न परिवारका लागि तरुले सामुदायिक वन उपभोक्ता समूहले बुधबार राहत वितरण गरेको छ । विश्वव्यापी कोरोना महामारीका कारण मुकुक बन्दाबन्दी भएपछि समूहले आफ्ना उपभोक्ताहरु १ सय २८ घर परिवारलाई राहतस्वरुप खाद्य सामाग्री वितरण गरेको हो ।
तिनाउ-१ का वडा सदस्य अम्मर बहादुर तरामुको रोहबरमा समुहका अध्यक्ष कुल बहादुर गाहाले उपभोक्ताहरुलाई प्रतिपरिवार २५ किलो चामल, १ लिटर तेल तथा एक केजी नूनलगायतका खाद्य सामाग्री वितरण गरिएको समूहका सचिव कृष्ण कुमारी घर्तिले जानकारी दिइन् । सामुहले करिव २ लाख मूल्य बराबरको राहत सामाग्री वितरण गरेको कोषाध्यक्ष किमबहादुर लामटाङ्गेले बताए । ठूलीउदाङमा यसअघि पनि स्थानीय मसिना सामुदायिक वन उपभोक्ता समूले राहत सामाग्री वितरण गरेको थियो ।
राहत विरणको अवसरमा बोल्दै तिनाउ-१ का वडा सदस्य अम्मरबहादुर तरामुले सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण पालना गर्न तथा रोजगारका शिलशिलामा भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरु आएको खण्डमा गाउँपालिका वा सम्बन्धित नीकायमा खबर गर्नका लागि आग्रह गरे ।
प्रतिक्रिया