३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

काठमाडौ । कोभिड–१९ का कारण लाखौँको सङ्ख्यामा रोजगारी गुम्ने प्रक्षेपण भइरहँदा सरकारले कृषि क्षेत्रमा सम्भाव्यता पहिचान गरी रोजगारीको अवसर सिर्जना गर्ने भएको छ । श्रम रोजगार पत्रकार समूहले मगलबार गरेको भर्चुअल अन्तरक्रियामा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तत्काल कृषि क्षेत्रमा दुई लाख रोजगारी सिर्जना गर्ने सम्भावना सरकारले देखेको बताए ।

कोरोना महामारीपश्चात वैदेशिक रोजगारीमा गएका हजारौँ नेपाली श्रमिक स्वदेश फर्कने आँकलन गरिएको र यस्तो अवस्थामा उनीहरुलाई कृषिमा आकर्षित गर्नुपर्ने बहस हुँदै आए पनि विदेशबाट फर्काइएकालाई कसरी काममा लगाउने भन्नेमा कम छलफल भइरहेको मन्त्री भुसालको भनाइ थियो । विदेशबाट फर्केर कृषिमा लाग्नेका लागि सरकारले प्राविधिक सेवाको ग्यारेण्टी गर्ने, मल, बीउबिजन र पानी सस्तोमा उपलब्ध गराउने, रिफाइनान्सको ग्यारेण्टी गर्ने र उत्पादित बस्तु बिक्छ भन्ने कुराको सुरक्षित गर्दै काम गर्ने वातावरण भने बनाउन सकिने उनको भनाइ छ ।

उनले आगामी वर्षलाई कृषि क्षेत्र सुधारका लागि आधार वर्षका रुपमा लैजाने बताए । “कृषि क्षेत्रको विकासका लागि स्थानीय आवश्यकताअनुसार व्यवस्था गर्नुपर्नेछ” मन्त्री भुसालले भने, “किसानले उत्पादन गर्ने कृषि सामाग्रीको लागि बिउ बिजन, मल, सिँचाइदेखि उचित भण्डारणको लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ त्यसका लागि मन्त्रालयले तयारी गर्दैछ ।” सबै स्थानीय तहमा यस वर्ष कृषि सुधारको जग बसाल्ने उल्लेख गर्दै उनले भने, “आगामी वर्ष राम्रो राष्ट्रिय बजार स्थापित गर्दै तेस्रो वर्ष कृषिलाई एक आकारमा ल्याउने हो, जबसम्म कृषकको नाफाको ग्यारेन्टी हुँदैन तबसम्म कृषि क्षेत्रको सुधार हुँदैन त्यसैले समर्थन मूल्य तोक्दैछौँ ।”

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य