May 16, 2022
सन्धिखर्क । अर्घाखाँचीको मालारानी गाउँपालिका- ६, साकिन्धाराकी एक वृद्ध महिला सदरमुकाम सन्धिखर्कबाट सम्पर्कबिहीन भएकी छिन् । नेपाल एसबिआई बैंकको शाखा कार्यालय सन्धिखर्कमा भारतीय पेन्सन बुझ्न बुहारी तारा घर्तीसँग आएकी ७६ वर्षिय मनकला राना दिउँसो १ः४५ बजे सन्धिखर्क बैंकरोडबाट सम्पर्कबिहीन भएकी हुन् ।
सासुआमासँगै पेन्सन बुझेर आफु नआञ्जेल बैंकसँग सटेको घरको पेटीमा बस्न भनि म घरको लागि केही सामान किन्न बजार गएकी थिए, तारा घर्तीले भनिन्, “फर्किएर सोही ठाउँमा आएर खोज्दा उहाँलाई देखिन ।” ढाकाको चोलो, कालो गुलावी छिर्केमिर्के रङ्गको साडी लगाउनु भएको, बोल्न खासै नसक्ने, एक्लै बोलीरहने ७६ वर्षिय रानालाई सन्धिखर्क खोजी गर्दा पनि नभेटिएपछि राना परिवार चिन्तित बनेको छ । उनलाई खोजिगरिदिई सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस्