ताजा अपडेट »

लकडाउनका कारण विद्युतको महशुल उठेन

मंगलबार, १३ जेठ २०७७, १७ : ४७
18 Shares

बुटवल । विश्वव्यापी कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल विद्युत प्राधिकरण बुुटवल वितरण केन्द्रमा विद्युत महशुुल उठ्न समस्या भएको छ ।

सो प्राधिकरणमा लकडाउन अगाडी मासिक १२ करोड रकम संकलन हुुने गरेकोमा लकडाउन पछि भने मासिक ४ करोड महशुुल रकम संकलन हुुने गरेको वितरण केन्द्रका प्रमुुख सञ्जय मिश्राले बताए । ६७ हजार ग्राहक संख्या रहेको वितरण केन्द्रका बिभिन्न काउन्टरहरुमा बुुटवलको चौराहा, सैनामैना नगरपालिकाको मुुर्गीया र देबदह नगरपालिकाको देबदह काउन्टरबाट महशुुल बुुझाउन सकिन्छ । पछिल्लो समयमा इ–सेवाबाट पनि महशुुल बुुझाउन सकिने व्यस्था भए पनि कम ग्राहकले मात्र इ–सेवाबाट महशुुल बुुझाउने गरेको बुुटवल शाखाका लेखा प्रमुुख मदन पौडेलले बताए ।

अझै पनि सडक बत्तीहरुको महशुुल भने बक्यौता रहेको प्रमुुख मिश्राले जानकारी दिए । अत्यवाश्यक बाहेक नयाँ जडानलाई प्राथमिकता नदिएको प्राधिकरणले अत्यावश्यक कर्मचारीलाई मात्र नियमित काममा खटाएको छ । मासिक २५ सयको संख्यामा आउने ग्राहकहरु बर्तमान अबस्थामा भने करिब १२ सय जाना मात्र आउने गरेको प्राधिकरणले जनाएको छ । हाल जेष्ठ महिनाको मलंलबारसम्म भने २ करोड १ लाख ६३ हजार महशुुल संकलन भएको छ । कोरोना भाइरसबाट जोगिन सतर्कता सहित विद्युत महशुुल बुुझाउन आउने ग्राहकहरुको तापक्रम चेकजाँच भएपछि मात्र प्रबेश गर्न दिइएको छ ।

अनिवार्य मास्कको प्रयोग, तापक्रम ठिक भएको अबस्थामा साबुुन पानीले हात धुुने सेनीटाइज गर्ने र तोकिएको स्थानमा बसेर मात्र महशुुल बुुझाउने ब्यवस्था गरिएको छ । तर महशु्ल बुुझाउने ग्राहकहरु भने फाट्ट फुट्ट मात्र आउने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।