ताजा अपडेट »

थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२

मंगलबार, १३ जेठ २०७७, १६ : ४२
6 Shares

बुटवल । नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार  महत्तरीका २, जुम्लाका बारामा कार्यरत २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँके १, कपिलवस्तु २६, अर्घाखाँची २, गुल्मी २, रूपन्देही १, कैलाली १ र अछाम १, स्याङ्जा २, सुर्खेतका १२, बाँकेका ७ जनामा कोरोना संक्रमित थपिएका हुन्। 

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२  पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।