ताजा अपडेट »

पहाडी जिल्ला अर्घाखाँचीमा पनि २ जना संक्रमित भेटिए

सोमबार, १२ जेठ २०७७, २० : ०५
4 Shares

अर्घाखाँची । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि दुई जना कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको पाणिनी गाउँपालिका –८, पालिको कमला माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना देखिएको अर्घाखाँची अस्पतालका डाः कपिल गौतमले बताए ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १९ वर्षिय एक युवक र ४३ वर्षिय अर्का पुरुषमा पोजेटिभ देखिएको हो । संक्रमितहरु केहिदिन अघि भारतबाट आएका थिए । यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो पटक संक्रमित भेटिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।