ताजा अपडेट »

फौजीकिराको प्रकोप बढेपछि किसानहरु चिन्तित

सोमबार, १२ जेठ २०७७, १९ : ०९
8 Shares

तुलसीपुर। फौजीकिराले दाङको मकैमा आक्रमण गर्दा किसानहरु चिन्तित भएका छन् । दाङको लमही, घोराही, तुलसीपुरलगायतका अन्य पालिकाका किसानले रोपेको मकैमा उक्त किराको प्रकोप देखिएको छ । समयमै पानी परेर मकै रोपेका किसानले यसवर्ष राम्रो हुने आशामा थिए । तर मकैको बोटमा अमेरिकन फौजीकिराको प्रकोप बढेपछि किसानहरु चिन्तित भएका हुन ।

फौजी किराले रोपिएको मकै सखाप पारेको शान्तिनगर गाँउपालिका वडा नम्वर २ अमुवा दाङका कृषक मुक्तिबहादुर खड्काले बताए । लकडाउनका कारण आय श्रोत नभएको अबस्थामा समयमै मकै उत्पादन हुने भन्ने लागेको थियो तर अमेरिकन फौजी किराले सखाप पार्दै गएको छ, उनले भन्ने ।
करिब १ बिगाह क्षेत्रफलमा मकै खेती गरेकी रेउती वलीको मकै पनि सखाप भएको छ । बिउँ मात्र ५ हजार मूल्य लागेको बताएकी वलीले भन्नुभयो, मल र मेहनतको कुरा छोडौ । एउटै टोलको झण्डै ६ बिगाह क्षेत्रफलमा अमेरिकन फौजी किराले मकैको बोट नष्ट भएको शान्तिनगर ४ गबदवाका चेतबहादुर डाँगीले बताए । अबको बचेको बोटलाई नष्ट गरि पुनः मकै रोप्नु तयारी गरिएको डाँगीले बताए ।

शान्तिनगर ४ का थल्लुप्रसाद खरालले फौजीकिराले मकैमा धेरै क्षति पु¥याएको भन्दै वडाबाट दिएको किटनाशक विषादीले आफुहरुलाई नपुग्ने बताए । ‘आधा मकै त सकियो, अब आधा छ, त्यो पनि विषादी हाल्न पाएका हुन्छ की भन्ने आश छ,’ उनले भन्ने, ‘तर वडाबाट दिएको औषधीले कसले छर्कने कस्ने नर्छकने। शान्तिनगरमा भने करिब १० दिन पहिले वडा नम्बर ७ को देबिपुरमा पहिलो पटक देखिएको भएता पनि अहिले ७ वटै वडामा यो किराको प्रकोप देखिएको गाउँपालिकाका कृषी शाखा प्रमुख यमकान्त पाण्डेले बताए ।

गाउँपालिकाले आकस्मिक बाली कोष स्थापना गरेको र त्यहि कोषबाट प्रत्यक वडामा ३० विगाहलाई पुग्ने विषादी र स्प्रे दिएको समेत प्रमुख पाण्डेले बताए । यो किराले १३२ वटा बालीलाई नष्ट गर्ने भएता पनि सबैभन्दा बढि मकैलाई गर्ने भएकाले यसलाई नियन्त्रण गर्न सुरक्षित विषादीको प्रयोगबाट गर्ने सकिने समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।