३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन् । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम तालिबानी लडाकूहरुलाई मुक्त गरिएको जानकारी दिए ।

हाल तालिबानी विद्रोही समूह र सरकार दुबैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेका छन् । राष्ट्रपति घानीले तालिबानद्वारा गरिएको युद्धबिरामको स्वागत गर्दै तालिबान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गरेका छन् । प्रवक्ता सद्दिकीलेले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरु जतिसक्दो चाँडो सम्पन्न गर्न तालिबान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताएका छन् ।

यसै वर्षको फेब्रअरी २९ मा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच कतारको राजधानी दोहामा एउटा सम्झौतामा हस्ताक्षर भएको थियो जसमा अफगानिस्तानका कारागारमा रहेका पाँच हजार तालिबान लडाकू मुक्त गर्ने एउटा प्रमुख शर्त थियो । साथै उक्त सम्झौतामा १४ महिनाभित्र अफगानिस्तानमा तैनाथ अमेरिकी समेत सम्पूर्ण विदेशी फौज हटाइने, अन्तर–अफगान शान्ति वार्ता गरिने उल्लेख छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य