May 18, 2022
बुटवल । इस्लाम धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व इद उल (फित्र) को अवसरमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिदै मन्त्री बरालले पर्वले सबै नेपालीहरुको आपसी भातृत्व विकास हुने बताए । नेपालमा धार्मिक तथा सांस्कृतिक विविधता रहको उल्लेख गर्दे पर्वहरुले सबै नेपालीहरुलाई एकतामा वाध्ने विश्वास व्यक्त गरे । मन्त्रि बरालले कोभिड–१९ बाट कुनै पनि समुदाय अछुतो नरहेको बताउँदै सबै मिलेर यसको सामाना गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।
‘हाम्रा चाडपर्वले एकता र भातृत्वको सन्देश वोकेका छन्, इस्लाम धर्मसँग सम्वन्धीत यो पर्वले सबैमा एकता उदारता प्रेम, सहिष्णुता, शान्ति सहअस्तीत्व, सदाचार कायम गर्न सफल होस शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् । महिना भरी रोजा वसी रोजा खोल्ने दिन इद पर्व मनाईन्छ । आफूले वर्ष भरीमा कमाएको रकमको २ दशमलव ५ प्रतिशत हुन आउने रकम गरिव तथा असाहयलाई दानगर्नु पर्ने धार्मिक मान्यता छ ।
प्रतिकृया दिनुहोस्