ताजा अपडेट »

डेरी एसोसिएशनद्वारा राहत प्याकेजको माग

सोमबार, १२ जेठ २०७७, १३ : ५०
2 Shares

बुटवल । नेपाल डेरी एसोसिएशनले विश्वव्यापी कोरोना भाइरसको महामारीपछि मुलुक बन्दाबन्दीका कारण संकटमा रहेका कारण आगामी बजेटमा विशेष राहतका प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । ३० अर्ब बढी लगानी तथा ५ लाख कृषक परिवारको प्रत्येक्ष रोजगारको माध्यम भएको दुग्ध व्यवसायका लागि सहुलियत व्याजदरमा ऋणको व्यवस्था, ऋणको दायरा बढाई ५ करोडबाट १० करोड पुर्याउनु पर्ने तथा विद्युत महशुलमा छुट लगायतका माग राखेको छ ।

एसोसिएशनले २० हजारभन्दा बढि मानिसहरुले उद्योग क्षेत्रमा रोजगारी पाएको तथा दैनिक शहरबाट ५ करोड बढि रकम गाउँमा पुग्ने दाबी गर्दै दैनिक ३१ लाख लिटर दुध बजारमा भएपनि कोरोना भाइरसको महामारीसँगै मुलुक बन्दाबन्दीका कारण कृषक तथा व्यवसायीहरु धरासाही अवस्थामा पुगेको बताएको छ । सरकारले ल्याउने आगामी बजेमा विशेष राहत प्याकेज तथा सहुलीयतको माग गर्दै एसोसिएशनले एक प्रेस विज्ञप्तिमार्फत माग राखेको छ । बन्दाबन्दीका कारण करीब ८० प्रतिशत बजार गुम्नका साथै ५ अर्ब बराबरको धुलो दुध र बटर बिक्रि नहुँदा किसानको भुक्तानी दिन समेत नसक्ने अवस्थामा पुगेको अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । घरभाडा, तलब, बैंक व्याज, बिजुली लगायत खर्च यथावत रहेकोले सोको व्यवस्थापन गर्न सरकारले कम्तिमा ५ वर्षका लागि विना धितो उद्योगको प्रमाण पत्रको आधारमा सहुलियत दरको ऋण उपलब्ध गराउनु पर्ने उनले बताए ।

उद्योगहरुले यसअघि लिएका ऋणको भाका २ वर्ष बढाई लक डाउन अवधिभरको व्याज मिनाह गरिनु पर्ने, प्रयोगहुँदै आएको विद्युतमा ५० प्रतिशत छुट र पहिले ५० प्रतिशत छुट लिईंदै आएकोमा भ्याट छुट पुनः लागु गरिनु पर्ने तथा सहुलियत दरको ऋण नपाएका उद्यायोगीहरुका लागि उनिहरुको ऋण सहुलियत दरमा परिणत गरिनु पर्ने एसोसिएशनको माग रहेको छ । सरकारले लक डाउन अवधिभरको विद्युत महशुल, टेलिफोन शुल्क, इन्टरनेट शुल्क र एक वर्षको संस्था नविकरणमा छुट गरि जरिवाना हटाउनु पर्ने तथा सहुलियत दरको ऋणको सिमा ५ करोडबाट बढाई १० करोड पुर्याउनुपर्ने र ब्याजदर २ प्रतिशत कायम गरिनु पर्ने आफूहरुको माग रहेको महासचिव प्रल्हाद दाहलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।