ताजा अपडेट »

बँदेलका तीन वटा पाठापाठिको उद्दार

आइतबार, ११ जेठ २०७७, १९ : २८
2 Shares

दाङ । बन गस्ती टोलिले बदेलका तीन वटा पाठापाठिको उद्दार गरेको छ । डिभिजन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय बिजौरिबाट नियमित टूर गस्तीका सिलशिलामा विजाैरी सव डिभिजन वन कायालयकाे कार्य क्षेत्र अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्यान सामुदायिक वन क्षेत्रबाट वँदेलका २ वटा पाठा र १ पाठी उद्धार गरेको हो ।

उद्दार गरिएको बदेलका पाठापाठी डिभिजन वन कार्यालय घोराही दाङमा ल्याईएकाे सूचना अधिकारी खिम बहादुर के सिले जानकारी दिए । यसैगरी घाेराही उ‍मनपा वडा न‌‍ १५ पानी टंकी नजिकबाट स्थानियहरुले किंग काेब्रा सर्प देखेर उद्धारका अनुराेध गरेकाेमा डिभिजन वन कार्यालयबाट गएकाे सशस्त्र वन रक्षक टाेलीले उक्त काेब्राकाे जिवितै उद्धार गरी धर्नाकाे जंगलमा लगी छाडिएकाे डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।