ताजा अपडेट »

जबर्जस्ती समाजले युवकको घर भित्राइदिएपछि किशोरी मृत फेला

आइतबार, ११ जेठ २०७७, १८ : ४२
6 Shares

बुटवल । समाज बसेर एक जना युवासँग जिम्मा लगाईएकी किशोरी झुण्डीएको अवस्थामा मृत फेला परेकी छन् । रुपन्देहीको देवदह नगरपालिका वडा न. ११ वड्की गुम्वीकी १५ वर्षीय किशोरी पेटवनियामा झुण्डीएको अवस्थामा फेला परेकी हुन ।

स्थानीय बासीकानुसार जेठ ९ गते राती देवदह ११,वड्की गुम्वीका २२ वर्षिय युवा र मृतक किशोरी दुवै जना गाउबाट हराएका थिए । १० गते विहान समाज जुटाएर समाजको निर्णय अनुसार किशोरीलाई युवाको जिम्मा लगाई दिएका थिए । समाजले जिम्मा लगाई दिए पछि युवाले किशोरीलाई आफ्नो घरमा लिएर गएका थिए । बिहान स्विकार गरेर लगिएकी किशोरी सोही दिन दिनको ३ बजे मृत अवस्थामा भेटिएकी हुन । मृतक किशोरीका बाबुले आफ्नी छोरीको हत्या गरिएको दावी गरेका छन् । समाज बसेर उमेर नै नपुगेकी छोरीलाई अर्काको जिम्मा लगाउनु समाजको गम्भिर गल्ती भएको समेत उनले आरोप लगाए ।

उनी भने,‘मेरी छोरीलाई केटाको घरमा लगे पछि केटाको आमाले कुटपिट गरेका थिए परिवारकै सदस्यहरुले मिलेर छोरीको हत्या गरिएको हो ।’आफुहरु दलित समुदायको भएको कारण जातियताका आधारमा पनि यो हत्या गरिएको बताउँदै उनले दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । देवदह ११ का वडा अध्यक्ष अमरबहादुर चौधरीको रोहवरमा वसेको समाजले गरेको निर्णयकै कारण किशोरीले ज्यान गुमाउन परेको स्थानीयवासीको आरोप छ । वडा अध्यक्ष चौधरीले भने परिवारकै सदस्यहरुको मञ्जुरीमा किशोरीलाई केटाको जिम्मा लगाएको बताउँछन् । उनी भन्छन्,‘उनीहरु एक रात हराए पछि समाजमा वदनामी हुन्छ, भविष्यमा केटीलाई अरु कसैले स्विकार गर्दैन भन्ने परिवारले ठहर गरेर नै केटाको जिम्मा लगाएको हो । ’

आफु कार्य व्यस्तताका कारण समाजको वैठकमा अन्तीम समय सम्म वस्न नसकेको बताउँदै वडा अध्यक्ष चौधरीले आफ्नो रोहवरमा निर्णय गरिएको भन्ने सत्य नभएको बताए ।
मृतक किशोरीको शव ईलाका प्रहरी कार्यालय , बुटवलबाट आवश्यक अनुसन्धान भई रहेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।