ताजा अपडेट »

रुपन्देहीमा ६ सहित थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३

आइतबार, ११ जेठ २०७७, १६ : ३०

बुटवल । नेपालमा आइतबार रुपन्देहीमा ६ सहित थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन्। 

आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।  यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।  

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६०३  पुगेको छ। तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।