५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्याउन सकिएको छैन ।

Advertisement

नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ । बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला परेपछि मात्र आइसोलेशन सेन्टर निर्माण गर्ने ठाउँ खोज्न शुरु गरिएको छ । शुक्रबार बिहान वाणगङ्गा–४ की आठ वर्षीया बालिकालाई कोरोना भाइरस पुष्टि भयो । पुष्टि भएको तीन दिन भइसक्दा पनि उनको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था आजसम्म भएको छैन ।

संक्रमित बालिका आजसम्म पनि घरमै छिन् । सोही दिन बालिकासँंगै कोरोना संक्रमण पुष्टिको रिपोर्ट आएका बाणगङ्गा ११ का एक सञ्चारकर्मीलाई सोही दिन राति ९ः०० बजे मात्र जिल्ला सदरमुकामस्थित तौलिहवाको आइसोलेशनमापुर्याइएको थियो । वाणगङ्गा –४ स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेका तीन जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन । कपिलवस्तुको पिछडिएको क्षेत्र विजयनगर गाउँपालिकाले समेत आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले भने “यो बेला समस्या त हुन्छ तर हामीे समस्यालाई मात्र हेरेर बस्ने होइन ।” विपद्का समयमा स्थानयवासीको अभिभावक भनेकै जनप्रतिनिधि भएकाले विभिन्न संघसस्था समाजसेवीलगायत सबैको सहयोगमा २५ वार्डको आइसोलेशन निर्माण गरिएको बताए ।

संक्रमितलाई त्यही आइसोलेशन सेन्टरमा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा संक्रमित भेटियो भनेर थाहा पाउनेबित्तिकै आफैँ सोही स्थानमा पुगेर उनीहरुको मनोबल बढाउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै मायादेवी गाउँपालिकाले पनि आफ्नै पालिकामा १६ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले जानकारी दिनुभयो । पालिकामा अझै एक सय शय्याको आईसोलेशन निर्माण गर्ने तयारी छ । यता कपिलवस्तुको सुगम क्षेत्रमा रहेको बाणगङ्गा नगरमा ६ एम्बुलेन्स सञ्चालित छन् ।

ती सबै एम्बुलेन्सका चालकलाई प्रदेशसभा सदस्य विष्णु पन्थी र नगरपालिकाले पिपिई उपलब्ध गराएको छ । दुई एम्बुलेन्स चालकलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याबिन निर्माण गरिदिएको छ तर कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई आइसोलेशनमा पुर्याउन एम्बुलेन्स चालक अनेक कारण देखाएर उम्कने गरेका छन् । शनिबार बिहान संक्रमित देखिएका एक जनप्रतिनिधिले नै दिनभरि एम्बुलेन्स पाउन नसकेपछि उनी आफ्नै स्कुटर चलाएर बुटवलस्थित कोरोना अस्पताल पुगे । उनले भने,“सधैँभरि जनताको सेवामा खटियो, त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने, राति स्कूटर चलाएरै अस्पताल आउनुपर्यो ।”

यस्तै शनिबार नै कोरोना संक्रमण पुष्टि भएकी महिला पत्रकारको पनि हालत उस्तै रहयो । दिनभरि खोज्दा पनि एम्बुलेन्स पाउन नसकेपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रहरीको सवारी व्यवस्थापन गरेर राति १० बजे उनलाई कोरोना अस्पताल बुटवल पुर्याइयो ।कपिलवस्तु जिल्लामा रहेका २९ एम्बुलेन्ससंँग केही दिनअघि प्रजिअले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकले राखेका थिए । सोही मागअनुसार तिनलाई पिपिई, मास्क र सेनेटाइजर उपलब्ध गराइएको छ । केही एम्बुलेन्समा क्याबिन वनाएर चालकलाई सुरक्षित गरिएको छ ।

यता आज मात्र वाणगङ्गा नगरपालिकाले आइसोलेशन सेन्टर बनाउने तयारी थालेको नगर प्रमुख मंगलप्रसाद थारुले बताउनुभयो । आइसोलेशन केन्द्र बनाउन नसकेको भनेर आलोचनामा परेको वाणगङ्गाले एकैसाथ दुई स्थानबाट बनाउने काम शुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ५ को कोपवा स्वास्थ्यचौकीमा १५ शय्याको आइसोलेशन सेन्टर आज साँझसम्ममा बनाएर सेवा प्रारम्भ गर्ने गरी काम भइरहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । अर्कातर्फ सिद्धार्थ क्याम्पसको सभाकक्षमा ३५ शय्याको आइसोलेसन सेन्टर निर्माणको तयारी शुरु भएको छ ।कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी छविरेश्मी मगरले वाणगङ्गा–४, जीतपुरमा निर्माणाधीन आफ्ना १८ कोठासहितको ६ तले घर नै आइसोलेसन सेन्टर निर्माणका लागि उपलब्ध गराउन तयार भए पनि निर्माण सम्पन्न हुँदासम्म ढिलाइ हुने भएकाले अन्य विकल्प खोजिएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस