७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

बुटवल । रुपन्देही उद्योग संघले उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्ने गरि राहत प्याकेजको घोषढा गर्न सरकारसँग माग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण विश्व अर्थतन्त्रको भविष्यसँगै नेपाली अर्थतन्त्र समेत धरापमा पर्ने सम्भावना बढेको भन्दै संघले राहत प्याकेजको माग गरेको हो । लामो समयको लकडाउनका कारण नेपालको अौद्योगिक क्षेत्र तहसनहस हुनुका साथै यसको प्रभावले अर्बौको घाटा र लाखौंको रोजगारी समेत गुम्ने खतरा बढेपछि उद्योग सञ्चालनका लागि बैकल्पिक उपाय अवलम्बन गर्नका लागि माग गरेको छ ।

Advertisement

बैंक ब्याजदर २ प्रतिशतले कम गर्ने र ब्याजमा १० प्रतिशत छुट दिने सरकारले घोषणा गरे पनि त्यसले मात्रै प्रयाप्त नहुने तथा घोषणा अनुसार पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको अध्यक्ष बाबुराम बोहोराले बताए । सरकारले ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने भने पनि उद्योग संचालन गर्ने वातावरण बन्न नसकेको तथा उद्योग संचालनका लागि थप बैकल्पिक उपायहरु अवलम्वन गर्नुपर्ने अपरिहार्य रहेको उनले बताए । संघले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुले प्रयोग गरिरहेको कर्जाको लकडाउन अवधीको ब्याजदरमा ५० प्रतिशत छुट गरिनुपर्ने र ब्याजलाई किस्तावन्दीमा विलम्व शुल्क र थप ब्याज नलाग्ने गरी लक डाउन खुलेको ६ महिना भित्रमा तिर्ने व्यवस्था मिलाउनुपर्ने तथा उद्योगहरुले लिएको आवाधिक कर्जाको किस्ता भुक्तान गर्ने समय लक डाउन समाप्तीको १ बर्ष पछि सारिनु पर्ने लगायतका माग राखेको छ ।

लक डाउनले प्रभावित उद्योगहरुको बर्गीकरण गरी कम्तिमा ३ बर्षका लागि २ प्रतिशत ब्याज दरमा पुनकर्जाको व्यवस्था गरिनुपर्ने, उद्योगहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको जम्मा कर्जामा सोही धितो सुरक्षण रहने गरी कम्तिमा २५ प्रतिशत बृद्धि गरी थप कर्जा दिने व्यवस्था मिलाउनुपर्ने तथा विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै उत्पादनशिल क्षेत्रमा लाग्न प्रोत्साहन गर्न न्यूनतम ब्याजदर (बढिमा ५ प्रतिशत) मा कर्जाको ब्यवस्था गरिनुपर्ने र स्वदेशमै रोजगारको व्यवस्था मिलाउन माग गरेको छ । संघका अध्यक्ष तथा महासचिव जिवकान्त अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्रम अभावलाई परिपूर्ती गर्न तत्काल शिपमूलक तालिमहरु संचालन गरिनुपर्नें, कोरोना भाइरसको प्रभाव हरेक तह र क्षेत्रमा परेकाले सबै क्षेत्रमा प्रवाह भएको कर्जाको व्याजदर बढिमा ७ प्रतिशत भन्दा बढि नहुने ब्यवस्था मिलाइनुपर्ने माग गरिएको छ ।

उद्योगहरुले उपभोग गरिरहेको बिद्युतमा लकडाउन अवधीभरिको डिमाण्ड चार्ज शत प्रतिशत छुट गरिनुपर्ने र ३ बर्षका लागि विद्युत महसुल दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने तथा स्थानीय तह र विभिन्न सरकारी निकायहरुले लिने उद्योग नविकरण लगायतका शुल्कहरु १ बर्षका लागि छुट गरिनुपर्ने माग राखिएको छ । कृषि, पर्यटन र उत्पादनशिल क्षेत्रमा लगानी बृद्धि गरिनुपर्ने, सरल कर्जा र न्यूनतम ब्याजदर (५ प्रतिशत भन्दा बढि नहुने गरी) प्रणाली लागू गरिनुपर्ने, बजारमा पूजी अभाव हुन नदिन नगद धरौटी राख्ने, भुक्तानी अवधिमा पुनःधरौटी काट्ने, अग्रिम ६ दशमलव ५ प्रतिशत भ्याट कट्टी गर्ने खालका नीतिहरुलाई तत्कालका लागि खारेज गरिनुपर्ने संघको माग रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो