६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृतिम पोखरीमा पौडी खेल्न पुगेका सोही ठाउँ बस्ने वर्ष २२ का विजय केसीको मृत्यु भएको डिएसपी सुमित खड्काले जानकारी दिए ।


प्रारम्भीक अनुसन्धानबाट आइतबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न पोखरीमा पुगेको र उनको सोही पोखरीमा डुबेर मृत्यु भएको डिएसपी खड्काले बताए । उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । स्थानीयका अनुसार उनी सोही वडामा बस्ने गरेको भएपनि स्थायी घर रोल्पा भएको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
आज भन्दा दुई वर्ष पहिले पनि सोही पोखरीमा पौडी खेल्ने क्रममा घोराही १५ का १८ वर्षका विवेक डिसीको डुबेर मृत्यु भएको थियो ।

डिसी २०५७ साल मंसिर ९ गते आइतबार डुबेकोमा ४ दिनपछि बुधबार १२ गते शब फेला परेको थियो । उनको खोजिकार्यका लागि चितवनबाट तालिम प्राप्त प्रहरीको गोताखोर समते आएको थियो । घोराही उपमहानगरले बनाएको उक्त कृतिम पोखरीमा डिसीको खोजिका लागि ड्याम समेत फोड्नु परेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे