ताजा अपडेट »

कोरोना ब्यवस्थापनका ब्यवहारिक पाटा

आइतबार, ११ जेठ २०७७, १४ : ५५
6 Shares



–राज्यले आफ्ना नागरिकलाई बिचल्लीमा पार्नु हुँदैन । भारत, अरब वा अन्य देशबाट नेपाल फर्किने बाध्यता भएका नागरिकलाई उद्दार गर्नुपर्छ । उहाँहरुको ठाउँमा आफुलाई राखेर निर्णय गर्नुपर्दछ । यो महामारीको बेला हामी संगै बाँच्ने, संगै मर्ने उदार मानसिकता चाहिन्छ ।

–भारतबाट ठूलो संख्यामा नेपाली आइरहेका छन् । उनीहरुलाई सबैलाई परिक्षण गर्ने क्षमता सरकार संग नहुन सक्छ । त्यस्तै उडान सुरु भएपछि अरब लगायतका देशबाट लाखौँ नेपाली आउने सम्भावना छ । सरकारको परिक्षण क्षमता कम भएमा लक्षण देखिएकालाई मात्र परिक्षण गर्ने अवस्था आउन सक्छ यी दुवै अवस्थामा सेना र प्रहरी अस्पतालले पनि आफ्नो जनशक्ति र औषधि उपकरण प्रयोग गर्नुपर्दछ।

–सरकारले क्वारेन्टाइनको खर्च धान्न नसक्ने अवस्था आउन सक्छ । त्यसको लागि उनीहरुको क्षमता अनुरुपका होटेल, रिसोर्ट, गेस्ट हाउस, सामाजिक भवन आदिमा राख्नको लागि सरकारले पूर्व तयारी गर्नुपर्छ, न्युनतम शुल्कको ब्यबस्था गर्नुपर्छ। यसले एकातर्फ क्वारेन्टाइनमा बस्नेलाई बिजुली, पानी, इन्टरनेट, सौचालय, सामाजिक दुरी आदिको एकै ठाउमा ब्यबस्था हुन्छ भने अर्कोतर्फ बन्द भएका होटेललाई संचालन खर्च उठ्न सक्छ ।

– कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जनतालाई ब्यापक सुचित गरेर होम क्वारेन्टाइनलाई प्रश्रय दिनुपर्ने हुन्छ । यसको अनुगमन स्थानीय निकाय र सुरक्षाकर्मीले गर्नुपर्ने हुन्छ।

– कोरोना संक्रमण धेरै नागरिकमा फैलियो भने अस्पतालमा राख्नको लागि वेडको अभाव हुन्छ । कोरोना पोजिटिभ देखिंदैमा अस्पतालमा राख्नै पर्छ भन्ने छैन। नियमपूर्वक आइसोलेसनमा बस्ने बाताबरण भएमा आफ्नो घर नै सबैभन्दा उपयुक्त हुन्छ । संक्रमितको मनोबल बढ्ने, परिवारको माया पाउने, खाना समयमा र आफुले चाहेजस्तो हुने तथा घरमै हुँदा मानसिक रुपमा बिरामी भएको अनुभव नहुने हुँदा घरमा आइसोलेसनमा बस्ने तथा गाह्रो भएमा मात्र अस्पताल जानुपर्ने प्रबन्ध मिलाउनु आवश्यक हुनेछ ।

–घरमा स्पेस थोरै भएमा नजिकको होटेल, गेस्ट हाउस वा रिसोर्टमा राख्न सकिन्छ ।

–कोरोना संक्रमण भएका मध्ये ८५ ५ लाई सामान्य लक्षण देखिएर आफै निको हुने भएकोले यो वर्गलाई अस्पताल आबश्यक पर्दैन । ८५ ५ संक्रमितलाई घर, होटेल, रिसोर्ट, लज आदिमा राख्दा अस्पतालको लोड कम हुन्छ । जसले गर्दा बाँकी १५ ५ लाई राम्रो उपचार हुन्छ । अन्य बिरामीलाई पनि सेवा लिन सजिलो हुन्छ । ७(८ ५ लाई आबश्यक पर्न सक्ने आइसीयु, भेन्टिलेटर आदिको क्षमता बढाउन अहिलेदेखि तयारी गर्नुपर्छ । अस्पतालको जनशक्ति अरु बिरामीको उपचारमा फोकस हुन पाउँछ ।

–कोरोना संक्रमण छिट्टै नहराउने भएकोले जनतालाई कोरोनासंग कसरी काम गर्ने रु भन्ने बारे गाइडलाइन बनाउनु आबश्यक छ ।–धनी व्यक्तिलाई सित्तैमा परीक्षण र उपचार उपलब्ध गराउनु पर्दैन । उनीहरुलाई ‘ पेइंग काउन्टर ‘ मा शुल्क तिरेर परीक्षण गर्ने, अस्पतालमा शुल्क तिरेर उपचार गराउने, स्टार होटेलमा क्वारेन्टाइन र आइसोलेसनमा राख्ने ब्यबस्था मिलाउन सकिन्छ । यसरी उनीहरुबाट प्राप्त शुल्कले मध्यम तथा निम्न बर्गका व्यक्तिलाई नि:शुल्क परीक्षण र उपचार गर्न टेवा मिल्छ ।

-नेपालसंग परीक्षण किटको अभाव हुँदैछ। यथाशीघ्र किटको ब्यबस्था गरेर पहुँचवालालाई होइन, जोखिम बर्गलाई परीक्षण गर्नुपर्दछ । हामीले बुझ्नुपर्दछ कि आज एऋच् नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ । तसर्थ सुरक्षित अभ्यास नै समाधान हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।