ताजा अपडेट »

दाङका एक कोरोना संक्रमितको पहिचान भएन, खोजी जारी

आइतबार, ११ जेठ २०७७, ११ : ४९
4 Shares

दाङ ।भैरहवा जनस्वास्थ्या प्रयोगशालामा शनिबार संक्रमण पुष्टि भएका दाङका एक जनाको खोजी भइरहेको छ । यो समाचार तयार पर्दासम्म जिल्ला बाहिर बस्दै आएका पुरुष भनिएपनि दाङका कुन ठाँउका हुन भन्ने पहिचान नभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

संक्रमित व्यक्तिको पूरा ठेगाना नदिँदा कन्ट्याक ट्रेसिङ गर्न समस्या भएको उनले बताए । यद्यपी उनि जिल्लाबाहिर बस्दै आएको हुँदा दाङका स्थानीय आत्तिनुनपर्ने बताए । हालसम्म दाङका छ जना संक्रमितमध्ये तीन जना जिल्ला बाहिर बस्दै आएका छन् । तीन जनामध्ये २ जना काठ्माण्डौमा उपचार गराइरहेका छन् ।

त्यस्तै शनिबारमात्रै भैरहवाको जनस्वास्थ्य प्रयोगशालामा संक्रमण पुष्टि भएका दाङका ३३ वर्षिय पुरुषको खोजी भइरहेको छ । भैरहवा प्रयोगशालामा शनिबारमात्रै दाङका १ सहित सात जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।