ताजा अपडेट »

कोरोनाले नेपाली र विश्व अर्थतन्त्रमा पारेको प्रभाव र यस पछिको अवस्थाका बारेमा छलफल

शनिबार, १० जेठ २०७७, २० : १९
8 Shares


बुटवल । रुपन्देही तिलोतमामा केन्द्रीय कार्यालय रहेको क्रियाशिल नेपाली युवा समाजले शनिबार अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपालले विश्व महामारीमा रहेको कोभिड १९ ले नेपाली र विश्व अर्थतन्त्रमा पारेको प्रभाव र यस पछि नेपालको अर्थतन्त्रलाई कसरी आत्मनिर्भर बनाउन भन्ने विषयमा डिजिटल माध्यमबाट (भर्चुयल) अन्तरक्रिया गरेको हो ।

यसका आधारहरु के के हुन सक्छन तथा तिनमा कसरी लगानी एवम जनशक्ति व्यवस्थापन गर्न सकिएला भन्ने विषयमा भर्चुयल अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको गरिएको संस्थाका अध्यक्ष रोशन खनालले बताए । दुई शत्रमा विभाजन गरी सञ्चालन गरिएको सो कार्यक्रममा युवा अर्थशास्त्री तथा आर्थिक लेखक हुमराज भुसालले कोरोना भाइरस (कोभिड–१९) पछिको नेपाली अर्थतन्त्रलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ र यसका आधारहरु के के हुन भन्ने विषयमा कार्यपत्र पेश गरेका अध्यक्ष खनालले बताए । कार्यपत्र प्रस्तुत गदै भुसालले अब देशलाई आत्निभर बनाउन युवालाई कृषि, घरेलु उद्योग तथा आन्तरिक पर्यटन व्यसायमा आक्रसित गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको दोस्रो शत्रमा कार्यपत्र माथी सहभागीले उठाएका प्रश्नको जवाफ कार्य पत्र प्रशोस्ताले दिएका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रोशन खनालले गरेका थिए भने सहभागीलाई स्वागत सचिवालय सदस्य खिमा अधिकारीले गरेको उक्त कार्यक्रमको सहजीकरण सदस्य गौरव नेपाल र सन्देश प्रोखरेलले गरेको कार्यक्रममा देशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।