ताजा अपडेट »

लकडाउनसंगै सिमेण्ट उद्योगमा कच्चा पदार्थको अभाव, मुलुककै अर्थतन्त्रमा प्रभाव

शनिबार, १० जेठ २०७७, २२ : २७
30 Shares

बुटवल । सिमेण्टमा आत्मानिर्भर बनेको छोटो समयमा नै सिमेण्ट उत्पादन गर्ने उद्योगहरु कोरोना कहरमा परेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि भएको लकडाउनका कारण सिमेण्ट उद्योगको उत्पादन ह्वात्तै घट्ने देखिन्छ । करिब देशभरलाई सिमेण्ट पुर्याउन सक्ने प्रदेश ५ का उद्योगहरु यतिबेला कच्चा पदार्थ व्यवस्थापनको विषयमा चिन्तित छन् । सिमेण्टलाई आवश्यक कच्चापदार्थ चुनढुङ्गा, क्लिन्कर जस्ता पदार्थको अभाव भएको उद्योग सञ्चालकहरुले जनाएका छन् । विशेषगरी ढुवानी अवरोधका कारण उद्योगलाई चाहिने चुनढुङ्गा र क्लिन्कर उद्योगसम्म पुगेको छैन । चैत ११ गते लकडाउन भएसँगै उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति भएन । केही दिन अघि सरकारले सिमेण्ट उद्योगलाई अत्यावश्यक उद्योगको सूचीमा राख्दै सञ्चालन गर्न अनुमति दिएपनि कोरोनाको बढ्दो संक्रमणले पुनः रोकिएका छन्।

‘हामीले सुरुदेखि व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रयास गरेका हौं । बीचमा संघीय सरकारले पनि सञ्चालन गर्ने अनुमति दियो । तर, स्थानीयमा कोरोनाको कहर छ । उनीहरु लगाएत सम्पूर्णमा त्रास भएको हुँदा सञ्चालन हुन सकेनन् । यसका कारण लकडाउन खुलेपछि भारतबाट आयात गर्नुपर्ने नै हुन्छ । यसबाट लागत बृद्धिसँगै सिमेण्टको मूल्यवृद्धि हुने देखिन्छ ।’

-ऋषिकेश अग्रवाल

यो समय उद्योग नियमित सञ्चालन मात्रै नभई आगमाी महनिा (असार, श्रावण, भदौ, असोज) सम्मलाई आवश्यक कच्चा पदार्थ संकलन गर्ने समय भएको सिमेण्ट उद्योगहरुको छाता संगठन, सिमेण्ट उत्पादक संघ, रुपन्देहीका अध्यक्ष ऋषिकेश अग्रवालले बताए । लकडाउनको सुरुवातबाटै सिमेण्ट उद्योग मर्कामा परेको उनको गुनासो छ । पूर्णतया कच्चा पदार्थ, मजदुर र ढुवानीमा निर्भर सिमेण्ट उद्योग लामो समयको बन्दले आगामी दिनमा झनै समस्यामा पर्ने उनले बताए । उनले भने ‘हामीले सुरुदेखि व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रयास गरेका हौं । बीचमा संघीय सरकारले पनि सञ्चालन गर्ने अनुमति दियो । तर, स्थानीयमा कोरोनाको कहर छ । उनीहरु लगाएत सम्पूर्णमा त्रास भएको हुँदा सञ्चालन हुन सकेनन् । यसका कारण लकडाउन खुलेपछि भारतबाट आयात गर्नुपर्ने नै हुन्छ । यसबाट लागत बृद्धि सँगै सिमेण्टको मूल्यवृद्धि हुने देखिन्छ ।’

सरकारले अत्यावश्यक उद्योगमा सूचीकृत गरी सञ्चालन गरेपनि हाम्रो खानी रहेको पाल्पा जिल्ला र उद्योग रहेको जिल्ला रुपन्देहीका प्रशासन तथा प्रहरीहरुबीच तालमेल र उहाँहरुको सक्रियता नहुँदा हालसम्म ढुवानी सुरु भएको छैन । तर, हामीले आइतबारदेखि खानीबाट चुनढुङ्गा तल वा सोही जिल्लामा जम्मा गर्ने योजना बनाएका छौं । जसले गर्दा वर्षात्मा पनि त्यहाँबाट उद्योगसम्म ल्याउन सकिनेछ ।’

-राजेश अग्रवाल


क्लिन्कर र सिमेण्ट दुबै उत्पादन गर्ने अर्घाखाँची सिमेण्ट उद्योग प्रा.लि.का सञ्चालक राजेश अग्रवालले लकडाउनकै दौरान सरकारले उद्योग सञ्चालन गर्न सूचित गरेपनि जिल्ला–जिल्ला बीच र दुई जिल्लाका प्रहरीबीच आपसी तालमेल नहुँदा ढुवानी हुन नसकेको बताए । उनले भने ‘सरकारले अत्यावश्यक उद्योगमा सूचीकृत गरी सञ्चालन गरेपनि हाम्रो खानी रहेको पाल्पा जिल्ला र उद्योग रहेको जिल्ला रुपन्देहीका प्रशासन तथा प्रहरीहरु बीच तालमेल र उहाँहरुको सक्रियता नहुँदा हालसम्म ढुवानी सुरु भएको छैन । तर, हामीले आइतबारदेखि खानीबाट चुनढुङ्गा तल वा सोही जिल्लामा जम्मा गर्ने योजना बनाएका छौं । जसले गर्दा वर्षात्मा पनि त्यहाँबाट उद्योगसम्म ल्याउन सकिनेछ ।’ उनका अनुसार अर्घाखाँची सिमेण्टले वार्षिक ८ लाख टन क्लिन्कर उत्पानदन गर्दै आएको छ । हाल लकडाउनका कारण ढुवानी नहुँदा आवश्यक मासिक ७०/८० हजार टन दरले ३/४ महिनाकोलागि क्लिन्कर अयात गर्नुपर्ने उनले बताए । ‘क्लिन्कर उत्पादन गर्ने हामीले मात्रै नभई सबै उद्योगीले क्लिन्कर अयात गर्नुपर्नेछ । नेपालमा वार्षिक ८० लाख टन बढी सिमेण्ट खपत हुन्छ । यहाँका उद्योगीले हाल करिब ७/८ लाख टन क्लिन्कर भारतबाट आयात गर्न पर्दछ । यसबाट अरबौं बजेट भारत जान्छ ।‘ उनले भने ।

चैत, बैसाख र जेठमा भएको लकडाउनले सिमेण्ट उद्योग दोहोरो मर्कामा परेको जगदम्बा सिमेण्ट उद्योगका प्रबन्धक विदुर ढुंगाना बताउँछन् । उनले भने ‘तीन महिना भएको लकडाउनले एकातर्फ उद्योग सञ्चालन हुन पाएनन्, अर्कोतर्फ अर्कोतर्फ पछिलाई आवश्यक पर्ने कच्चा पदार्थ पनि स्टक गर्न सकिएन । जसले गर्दा सिमेण्ट उद्योगहरु दोहोरो मर्कामा परेका छन् । यसबाट उद्योगी त मर्कामा परेनै बजेट पनि विदेशिने भयो । सिमेण्ट उत्पादनको लगानी बढ्नाले मूल्यपनि बढ्ने देखिन्छ । जसबाट राज्यलाई पनि दोहोरो घाटा छ ।’

‘रुपन्देहीका प्रायः उद्योगसँग अहिले क्लिन्कर छैन । उनीहरुले भारतबाट आयातका लागि माग गरिसकेका छन् । भारतबाट आयात गर्दा महङ्गो पर्छ । साथै करोडौं रकम बाहिरिन्छ । यसबाट विगत २ वषदेखि क्लिन्करमा आत्मानिर्भर बनेको नेपाल पुनः एकपटक परनिर्भर बन्न पुग्यो ।’

-हेमन्त कुमार अग्रवाल

नेपाल अम्बुजा सिमेण्टका सञ्चालक हेमन्तकुमार अग्रवालले पनि समयमा चुनढुङ्गा क्लिन्कर उद्योगसम्म नपुग्दा भारतबाट आयात गर्न बाध्य हुनुपर्ने बताए । उनले भने ‘उद्योग तराइमा, कच्चा पदार्थ पहाडमा’ छन् । अबको केहि दिनको वर्षाको कारण पहाडबाट चुनढुङ्गा ल्याउन मिल्दैन । यससँगै यसवर्ष सिमेण्ट उद्योगलाई आवश्यक क्लिन्किरका लागि चुनढङ्गा नहुँदा उद्योगले भारतबाट आयात गर्नुपर्दछ । भारतबाट आयात गर्दा महङ्गो पर्छ । र, लागत बढेसँगै प्रतिबोरा सिमेण्टमा रु १ सय रुपैंयासम्म मूल्यवृद्धि हुन सक्छ । सरकारले वा स्थानीय तहले चाहेको भए पहाडबाट चुनढुङ्गा झारेर तल समतलमा राख्न सक्थ्यो पछि त्यहाँबाट ढुवानी गर्न मिल्थ्यो तर, त्यसतर्फ कसैको ध्यान गएन ।’ हाल सबै उद्योगमा क्लिन्करसकिएको र सबै उद्योगले केहि न केहि मात्रामा भारतबाट माग गरेको समेत उनले बताए । ‘रुपन्देहीका प्रायः उद्योगसँग अहिले क्लिन्कर छैन । उनीहरुले भारतबाट आयातका लागि माग गरिसकेका छन् । भारतबाट आयात गर्दा महङ्गो पर्छ । साथै करोडौं रकम बाहिरिन्छ । यसबाट विगत २ वषदेखि क्लिन्करमा आत्मानिर्भर बनेको नेपाल पुनः एकपटक परनिर्भर बन्न पुग्यो ।’ अग्रवालले भने

‘भातको विकल्प रोटी हुन सक्छ तर, सिमेण्टको विकल्प छैन । समयमा नै सिमेण्टलाई चाहिने कच्चा पदार्थको व्यवस्थापनमा सरकारले ध्यान नदिँदा एकातर्फ समस्या उत्पन्न हुन्छ भने अर्कोतर्फ करौंडो बजेट बाहिरिन्छ ।’

-राजकुमार पोख्रेल

क्लिन्कर पनि उत्पादन गर्दै आएको अग्नि सिमेण्टका सञ्चालक राजकुमार पोखरेलले सिमेण्ट उद्योगलाई आवश्यक जनशक्ति र कच्चापदार्थको अभावले उद्योगलाई मात्रै नभई समग्र अर्थतन्त्रलाई धक्का पुग्ने बताए । उनले भने ‘संघीय सरकारले उद्योग चलाउन निर्देशन गरेपनि बल्ल–बल्ल जनशक्ति जुटाउन पर्दछ । जनशक्ति जुटाएर कार्यक्षेत्रमा पुग्न गार्हो छ । स्थानीयको अवरोध तथा विरोध भन्दै सिडियोले काम रोक्छन् । उद्योगीले तल्लो तहदेखि माथिसम्म सबैसँगअनुरोध गर्दापनि उद्योगीलाई आवश्वक सहजता उपलब्ध हुन सक्दैन । सयौंलाई रोजगार दिने, राज्यलाई कर बुझाउने आवश्वक वस्तु उत्पादन गर्ने उद्योगीलाई कार्य क्षेत्रमा पुग्न पासपनि उपलब्ध हुँदैन।’ राज्यले उचित व्यवस्थापन र पहल नगरेको उनको गुनासो छ । ‘भातको विकल्प रोटी हुन सक्छ तर, सिमेण्टको विकल्प छैन । समयमा नै सिमेण्टलाई चाहिने कच्चा पदार्थको व्यवस्थापनमा सरकारले ध्यान नदिँदा एकातर्फ समस्या उत्पन्न हुन्छ भने अर्कोतर्फ करौंडो बजेट बाहिरिन्छ ।’ उनले भने ।

‘लकडाउनले कच्चा पदार्थ ल्याउनपनि सहज छैन। बिनापास विक्री वितरण गर्नपनि छैन । ५/७ प्रतिशत उद्योग चलेका छन् । भारतीय कामदार गइसकेका छन् । नेपालीहरु आवश्यक पर्दा आउने गर्दछन् । भारतबाट नआई उद्योग चल्दैनन् । असोज लागेपछि मात्र खानी सञ्चालन हुन्छ । उद्योगलाई जिप्सन,फ्लाएस, क्लिन्कर आवश्यक हुन्छ । ती सबै कच्चा पदार्थ उपलब्ध हुन गार्हो छ । ’

-बाबुराम पठक

पाठक सिमेण्ट उद्योगका सञ्चालक बाबुराम पाठकले पनि सरकारले उद्योग चलाउ भनेपनि कच्चा पदार्थ नभएको बताए । उनले भने ‘ लकडाउनले कच्चा पदार्थ ल्याउनपनि सहज छैन । बिना पास विक्री वितरण गर्नपनि छैन । ५/७ प्रतिशत उद्योग चलेका छन् । भारतीय कामदार गइसकेका छन् । नेपालीहरु आवश्यक पर्दा आउने गर्दछन् । भारतबाट नआई उद्योग चल्दैनन् । असोज लागेपछि मात्र खानी सञ्चालन हुन्छ । उद्योगलाई जिप्सन,फ्लाएस, क्लिन्कर आवश्यक हुन्छ । ती सबै कच्चा पदार्थ उपलब्ध हुन गार्हो छ । उत्पादन भएको सिमेण्ट हाल विक्री पनि हुँदैन । यसको अझै प्रभाव र असर पछि देखिन्छ । तसर्थ सरोकारवालाले समयमा सोँच्न आवश्यक छ ।’

‘लकडाउनका कारण लामो समयदेखि उद्योग संचालन हुन नसकेको र अगाडिनै उत्पादित सिमेन्ट समेत बिक्री वितरण गर्न सकिएको छैन । लकडाउनका कारण उद्योग बन्द रहेको समयमापनि कर्मचारीको तलब, बैंक ब्याज जस्ता खर्चहरु म्यानेज गर्नैपर्नै हुँदा थप आर्थिक भार थपिन गएको छ ।’

-विकास केडिया

बिजया सिमेन्ट प्रा. लि. का संचालक विकाश केडियाले लकडाउन लम्बिदैजाँदा समग्र सिमेन्ट उद्योगनै समस्यामा पर्न लागेको बताए । उनले भने, ‘लकडाउनका कारण लामो समयदेखि उद्योग सञ्चालन हुन नसकेको र अगाडिनै उत्पादित सिमेन्ट समेत बिक्री वितरण गर्न सकिएको छैन । लकडाउनका कारण उद्योग बन्द रहेको समयमापनि कर्मचारीको तलब, बैंक ब्याज जस्ता खर्चहरु म्यानेज गर्नै पर्नै हुँदा थप आर्थिक भार थपिन गएको छ ।’ लामो लकडाउनले गर्दा क्लिन्कर उद्योगका चुन चुनढुङ्गा दुवानी समेत बन्द रहेको, वर्षात् अगावै दुवानी गरी जम्मा गर्न नपाएको र वर्षात्को समयमा पडाडबाट चुनढुङ्गा दुवानी गर्न नसकिने हुँदा नेपाली क्लिन्करको अभाव हुनसक्छ । पछिको लागि समेत भारतबाट आयात गर्नुको विकल्प छैन । भारत बाट क्लिन्कर आयात गरि उत्पादन गर्दा लागत बढ्न गई सिमेन्टको मूल्य समेत बृद्धिहुन सक्नेछ ।’ उनले भने

हाल प्रदेश ५ मा अर्घाखाँची सिमेन्ट प्रा.लि रुपन्देही., होङसी सिमेन्ट प्रा.लि., नवलपरासी, सर्वोत्तम सिमेन्ट प्रा.लि., नवलपरासी, रिलायन्स सिमेन्ट प्र.लि., रुपन्देही, पाल्पा सिमेन्ट प्रा.लि., रुपन्देही, शुभश्री अग्नि सिमेन्ट प्रा.लि., दाङ, गजराज सिमेन्ट प्रा.लि., दाङ,, सोनापुर सिमेन्ट प्रा.लि., दाङ, सगरमाथा सिमेन्ट प्रा.लि., दाङ, रोल्पा सिमेन्ट प्रा.लि., रोल्पा, घोराही सिमेन्ट प्रा.लि., दाङ, सि.जी. सिमेन्ट प्रा.लि.नवलपरासी लगाएतका उद्योगले आफै क्लिन्कर पनि उत्पादन गर्दै आएका छन् । प्रदेश ५ को रुपन्देहीमा मात्रै एक दर्जन बढी सिमेण्ट उद्योग संचालनमा छन् भने तिन क्लिन्कर उद्योग संचालित रहेका छन् । त्यसैगरी देशभर ६० भन्दा बढी सिमेण्ट उद्योग र दर्जन बढी क्लिन्कर उद्योग रहेका छन् । हजारौंको रोजगार र राज्यको मुख्य आयस्रोत बनेका सिमेण्ट उद्योग संकटमा पर्दा समग्र राज्यको रोजगारी र अर्थव्यवस्थामा समेत असर पर्ने उद्योगहरुको तर्क छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।