May 23, 2022
बुटवल । गुल्मी थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यस अघि कोरोनाका कारण मृत्यु भएका जिल्लाको मदाने गाउँपालिकाका ती शिक्षकको घरमा डेरा गरि बस्नेमा पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले बताए । मदानेका ४१ वर्षका शिक्षकमा जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालय गुल्मीको समूहले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर शनिबार रिपोर्ट आएका पाँच जनामध्ये एक जनामा कोरोना पोजिटिभ आएको उनले बताए ।
उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्