ताजा अपडेट »

मगर महिला संघद्वारा क्वारेनटाइनमा सहयोग

शनिबार, १० जेठ २०७७, १७ : १६
6 Shares


बुटवल । नेपाल मगर महिला संघ नगर समितिद्वारा बुुटवल उपमहानगरले संचालन गरेको कवारेनटाइनका लागि नगद र खाद्यान्न सहयोग प्रदान गरेको छ ।

शुक्रबार नेपाल मगर मगर महिला संघ नगर समितिका अध्यक्ष माया गलामीको नेतृत्वमा गएको टोलीले नगद ३० हजार खाद्यान्न बुुटवल उपमहानगरपालीकाका आर्थिक संयोजक टंक प्रशाद पराजुुलीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा कालिका मानब ज्ञान उच्च मा.वि.का अध्यक्ष होम गलामी, नेपाल मगर महिला संघका निबर्तमान अध्यक्ष ओमी पुुन सदस्यहरु लक्ष्मी पुुन लगायतका टिमको सहभागीता रहेको थियो ।

हाल बुुटवल उपमहानगरपालीकाले उपमहानगरका विभिन्न ठाउँमा गरी करिब हजार जना कवारेनटाइनमा राखेको छ। रकम ग्रहण गरेपछी जनप्रतिनिधि पराजुुलीले मगर महिला संघलाई बिपदका बेलामा गरेको सहयोगका लागी धनयबाद दिदै नगरपालीका एक्लेैले कोभिड–१९ बिरुद्धको लडाई एक्लैले नसक्ने हुुँदा सबै नागरिकलाई सहयोग गर्न अपील गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।