ताजा अपडेट »

प्रदेश ५ मा २७१, देशभर ५८४ जना कोरोना संक्रमित

शनिबार, १० जेठ २०७७, १६ : २९
4 Shares

बुटवल । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आज बिहान मात्रै रुपन्देही र कपिलवस्तुमा ८/ ८ जना, सर्लाहीमा १३, बारा, चितवन र काठमाडौंमा १/१ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको थियो । आज एकैदिन ६८ जना संक्रमित थपिएका छन् । प्रदेश ५ मा मात्रै कोरोना संक्रमितको संख्या २७१ पुगेको छ भने देश भर संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५०५ पुरुष र ७९ महिला रहेको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।