ताजा अपडेट »

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

शनिबार, १० जेठ २०७७, ११ : ३०
12 Shares

काठमाडौं । नेपालको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

उनको घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् । उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।