ताजा अपडेट »

रुपन्देहीमा ८ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८

शनिबार, १० जेठ २०७७, ०९ : १८
12 Shares

बुटवल । नेपाल शनिबार रुपन्देहीमा ८ सहित  थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

रुपन्देही र कपिलवस्तुमा ८/ ८ जना, सर्लाहीमा १३, बारा, चितवन र काठमाडौंमा १/१ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,-काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला-भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला-भरतपुरमा गरिएको परीक्षणमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।