May 17, 2022
दाङ । रुकुम पश्चिममा बेवारिसे अवस्थामा फेला परेको बिष्फोटक पदार्थ शुक्रबार दिउँसो नष्ट गरिएको छ । सानीभेरी गाउँपालिका वडानम्बर –६, सल्लीचौरको एक ओढारमा भेटिएको बिष्फोटक पदार्थ नष्ट गरिएको हो ।
स्थानीयले ओढारमा शंकास्पद बस्तु भेटिएको सूचना प्रहरीलाई दिए लगत्तै नरसिंह दल गण सल्ले व्यारेकको बम डिस्पोजल टोली र प्रहरीले शंकास्पद वस्तु निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले बताए । उनका अनुसार शंकास्पद भनिएको वस्तु द्धन्दकालिन अवस्थामा गाडिएको जस्तो देखिने टु ईन्च मोटार बम रहेको छ ।
ओढारमा फेला परेको बेवारिसे मोटार बमलाई नेपाली सेनाको बम डिस्पोजल टोली मार्फत पूर्ण सुरक्षा सावधानी अपनाएर निष्क्रिय पारिएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्