May 17, 2022
काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिका कोरोना भाइरसको नयाँ केन्द्र बनेको बताएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाको धेरै चेपेटामा ब्राजिल छ।
‘एकप्रकारले भन्नुपर्दा दक्षिण अमेरिकी महादेश यो रोगको नयाँ इपिसेन्टर बनिसकेको छ’ शुक्रबार जारी गरेको एक विज्ञप्तिमा डब्ल्युएचओले भनेको छ। ब्राजिलमा त्यहाँका सरकारी अधिकारीले विशेषज्ञहरूको चेतावनीका बाबजुत कोरोनाको उपचारका लागि मलेरिया विरुद्ध प्रयोग हाइड्रोक्सीक्लोरोक्वाइन प्रयोग गर्ने अनुमति दिएका छन्।
हालसम्म ब्राजिलमा २१ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ लाख ३० हजार ८९० पुगिसकेको छ । यो अमेरिका पछि संक्रमित धेरै हुने दोस्रो राष्ट्र हो ।
प्रतिकृया दिनुहोस्