ताजा अपडेट »

क्वारेन्टिनबाट भागे बाँकेका १३ जना संक्रमित

शनिबार, १० जेठ २०७७, ०७ : ५०

बाँके । शुक्रबार थपिएका बाँकेको नरैनापुरका १३ जना कोरोना संक्रमित क्वारेन्टिनबाटै भागेका छन् । संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले अस्पताल लैजान खोज्दा उनीहरु क्वारेन्टिन बाटै भागेको खुलेको हो । हाल उनीहरुको खोजी भइराखेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । क्वारेन्टिनबाट शुक्रबार बिहानै भागेको खुलेको छ । अस्पताल नगएर उनीहरु भागेसँगै उक्त क्षेत्रमा त्रास उत्पन्न भएको छ। स्थानीयले समेत संक्रमितलाई अस्पताल लैजान अवरोध गर्दै आएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार नरैनापुरका स्थानीयले संक्रमितलाई समेत अस्पताल लैजान अवरोध गर्ने र समुदायमै लगेर राख्न खोज्ने गरेका छन् । यसअघि एकजना कोरोना संक्रमित २५ वर्षीय युवाको क्वारेन्टिनमै मृत्यु भएपछि स्थानीयले संक्रमितलाई क्वारेन्टिन र अस्पताल दुबै ठाउँमा राख्न अवरोध गर्दै आएका छन् । संक्रमित सिकिस्त बिरामी हुँदा एम्बुलेन्स समेत नपठाएको, स्थानीय प्रशासनले हेल्चेक्राइँ गरेको भन्दै नरैनापुबासीले चर्को विरोध गरेका थिए । सोही क्रममा सामान्य झडपसमेत भएको थियो ।

बाँकेमा हालसम्म १ सय १५ जनामा कोरोना पुष्टि भएको छ भने सबैभन्दा बढि संक्रमित नरैनापुरकै रहेका छन् । जुन मुस्लिम बाहुल्यता भएको बस्ती हो ।- नेपाल समय

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।