ताजा अपडेट »

आरडिटी पोजेटिभ देखिएका प्रदेशसभाका ११ जनाको पिसिआर नेगेटिभ

शुक्रबार, ०९ जेठ २०७७, २० : ३०
4 Shares

बुटवल । प्रदेश सभा सचिवालयमा बिहीबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ देखिएका २ सांसद सहित ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५, प्रदेशसभाका सदस्यको बिहीबार आरडिटी परिक्षण गरिएको थियो ।

आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३ सय ९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनिहरुको स्वाव संकलन गरि पिसिआर विधीबाट परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो । शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएपछि बिहीबार सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।