ताजा अपडेट »

संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

शुक्रबार, ०९ जेठ २०७७, १८ : २५
2 Shares

काठमाडौं । संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । शुक्रबार दिउँसो कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।  नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

हालको उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो।प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।