३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले गाई-भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई-भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ ।

Advertisement

शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन थालेको छ । “किसानले दूध उत्पादनमा मात्र ध्यान नदिएर बाच्छीको स्याहारमा पनि ध्यान दिऊन् भनेर भत्ता उपलब्ध गराउन थालेका हौँ”, उनले भने, “ किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गर्ने नीति लिएका छौं ।”सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ ।

सुत्केरी भत्ता पाउन किसानले गाई र बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ ।भत्ता निजी अस्पतालमा कृत्रिम गर्भाधान गरेको भए पनि पाउने व्यवस्था गरिएको छ । सेवा लिनका लागि कृत्रिम गर्भाधान गरेको प्रमाणचाहि पेश गर्नुपर्छ । टीकापुर–४ बाघमाराका गाईपालक किसान रत्नप्रसाद पोखरेलको गाईले यस वर्ष एक हजार सुत्केरी भत्ता पायो ।“उन्नत जातको बाच्छी होस् भनी कृत्रिम गर्भाधान गरेका थियौँ”, पोखरेलले भने, “गाई सुत्केरी हुनेबित्तिकै एक हजार पाए ।

यसले गाईलाई आवश्यक पोषण खुवाउन सहयोग भयो ।” कृषि शाखाले यसबाहेक पशुपालक किसानलाई अवलोकन भ्रमण, घाँसको बीउमा अनुदान, प्राविधिक सहयोग, पशु स्वास्थ्य शिविरजस्ता कार्य गर्ने गरेको छ ।शाखाले यस वर्ष डालेघाँस, बहुवर्षीय घाँस, पौष्टिक आहारा वितरण कार्य गर्दैछ । “यो समय घाँस खेती गर्ने समय हो”, शाखा प्रमुख पाण्डे भने “लकडाउनमा वितरणमा समस्या भएको छ । त्यसैले किसानलाई भेला गर्न कठिन छ । अब विकल्पको खोजी गर्दै वितरण गर्ने तयारी गर्दैछौँ ।”

पशुपालक किसान शिव थापा टीकापुर दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताए ।‘‘यहाँ व्यावसायिकरूपमा पशुपालनमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “किसानलाई प्रोत्साहन गर्ने कार्य भइरहेको छ तर यति मात्र पर्याप्त होइन ।” खेतीयोग्य जमिन प्लटिङ भएर किसानलाई घाँस उत्पादनमा समस्या हुने अवस्था आउन थालेको छ । स्थानीय सरकारले यस सम्बन्धी दीर्घकालीन नीति तथा योजना बनाउनुपर्ने उनको भनइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य