६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको बर्ष २०२०/२१ को अध्यक्षमा रो. लक्ष्मण पन्थी चयन भएका छन । क्लबको साधारण सभाले पन्थीलाई आगामी बर्षका लागी अध्यक्षमा सर्बसम्मत चयन गरेको अध्यक्ष मधु भराईले जानकारी दिएका छन् ।

Advertisement

साधारण सभाले क्लबको निबर्तमान अध्यक्षमा मधु भट्टराई, इलेक्ट अध्यक्षमा डिल्लीराज ढकाल, नोमिनी अध्यक्षमा राम प्रसाद बेल्बासे, प्रथम उपाध्यक्षमा सौरभ भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद घिमिरे र तृतीय उपाध्यक्षमा आविश्कार खनाललाई चयन गरेको छ । क्लबले आगामीबर्षको लागी सचिवमा महेश खनाल र कोषाध्यक्षमा माधव अर्याललाइ चयन गरेको र डाइरेक्टर लगायत अन्यपदहरु क्लबको पदस्थापन कार्यक्रममा नियुक्तगरिने नवनिर्वाचित अध्यक्षले जानकारी दिए ।


क्लबले आगामी कार्यकालमा कोरोना भाइरसले पारेको असर र यसबाट बच्न अबलम्बन गरिने उपायहरु, यसकाकारण उत्पन्न भएको बेरोजगारी र मनोबल न्युन भएका युवाहरुलाई उद्यमशीलता तर्फ अग्रसर हुनका लागी बिभिन्न सुचना प्रविधिको उच्चतम प्रयोग गरी तालिमहरु प्रदानगर्ने, क्लबले हाल सम्मगर्दै आएका सिगनेचर परियोजनाहरुलाइ निरन्तरता दिने, रोटरी क्लब तथा भातृत्वक्लबहरु, स्थानीय सरकार एवं संघ सस्थाहरुसंगको आपसी साझेदारीमा बिभिन्न सामाजिक कार्य एवं जनचेतनामुलक कार्यहरु गर्ने, क्लबका सदस्यहरुलाइ बिभिन्न आन्तरिक तथा बाह्य तालिमहरुमा सहभागी गराउने साथै डिस्ट्रिक ३२९२ ले आयोजना गरेका कार्यक्रमहरुमा उल्लेख्य रुपमा सहभागी हुने मुख्य कार्यभारहरु रहेको नवनिर्वाचित अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिए।


बैठकमा पुर्व अध्यक्ष सल्लाहकारहरु रो. जीवन अधिकारी, तुल्सी घिमिरे, सन्तोष पौडेल, जनक प्रसाद दमासे, बालकृष्ण पाण्डे, अजित घताने लगायतको उपस्थितीमा रहेको थियो । बैठकको अध्यक्षता बर्ष २०१९/२० का अध्यक्ष रो. मधु भट्टराईले गरेका थिए । साथै कार्यक्रमको संचानल सचिव सौरभ भुसालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि