२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

वासिङ्टन डिसी । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यदि त्यति नै बेला लकडाउन या अरु नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको पछिल्लो यो अनुसन्धानले देखाएको छ ।

अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा सामाजिक दुरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी बुटवलमा खेलराज पाण्डेयले अग्रता फराकिलो बनाउँदै, १५०८ मतले अघि जेठ ३ देखि भैरहवामा अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता