ताजा अपडेट »

बाँकेमा २१ जना कोरोना संक्रमित एकै पटक डिस्चार्ज

शुक्रबार, ०९ जेठ २०७७, १२ : ५१
4 Shares

नेपालगन्ज । बाँकेमा शुक्रबार एकै दिन २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पतालबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना निको भएका हुन् । दुईजनाको दोस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताए । दुईजना अझै आइसोलेसनमै उपचार गराइरहेका छन् । २६ र ३१ वैशाखमा कोरोना पुष्टि भएकासहित नेपालगन्जका अझै चारजना आइसोलेसनमा उपचार गरिरहेका छन् । १९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ७० पुगेको  छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।