ताजा अपडेट »

क्वारेन्टाइनमा हाइलाइफका खाद्यान्न सामग्री

विहीबार, ०८ जेठ २०७७, २० : ४९
4 Shares

बुटवल । हाइलाइफ फुड प्रोडक्ट प्रा.लि. बुटवल,रुपन्देहीले क्वारेन्टाइनमा खाद्य सामग्री प्रदान गरेको छ । कोरोना रोकथामका लागि भएको लकडाउनका समयमा छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बस्नेहरुका लागि दैनिक आवश्यक पर्ने आफ्नै उधोगबाट उत्पादित चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगाएतका सामग्रीहरु सहयोग गरेको हो । प्रा.लि.ले बिहीबार बुटवल स्थित कान्ति मा.वि.को क्वारेन्टाइनमा रहेका ११० जनाका लागि मिश्रित खाद्यान्न प्याकेज प्रदान गरेको छ । कम्पनीले उक्त वडाका वडाध्यक्ष टंक प्रसाद पराजुलीमार्फत खाद्यान्न हस्तान्तरण गरेको हो । सामग्री बुझ्दै वडाध्यक्ष पराजुलीले विषम परिस्थितिमा निकै सराहनीय काम गरेकोे बताउँदै धन्यवाद प्रकट गरे ।

बिहीबारनै कम्पनीले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्यक्तिहरुको लागि वडाध्यक्ष दधिराम गौतममार्फत खाद्य सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले यसअघि सियारी गाउंपालिका वडा नंं.१ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी वडाध्यक्ष अरुण शाहीमार्फत खाद्य सामग्री हस्तान्तरण गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले जानकारी गराए ।

उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपालभर साथै हङकङ,मकाउ लगाएतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रक्रियामा रहेको जनाएको छ । कोभिड–१९ का कारण संक्रमणको समयमा पनि अत्यावश्यक खाद्यान्न अभाव नहोस् भन्ने सोँचले कम्पनीले विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको कम्पनीका प्रबन्ध निर्देशक घिमिरेले बताए । कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाकालागि कम्पनी स्वयम्ले कोभिड–१९ विमा व्यवस्था समेत गरेको उनले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।