ताजा अपडेट »

बाँके र कपिलवस्तुका गरी थप ३ जनामा कोरोना, संक्रमितको संख्या ४५७

विहीबार, ०८ जेठ २०७७, २० : ४०
2 Shares

बुटवल । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँके र कपिलवस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । 

जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी  १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल  नेपालगन्ज  र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।