ताजा अपडेट »

ज्याकलिनसँग गाउँदै सलमान

विहीबार, ०८ जेठ २०७७, २० : १४

मुम्बई : बलिउड अभिनेता सलमान खानको स्वर रहेको गीत ‘तेरे बिना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै सामाजिक सञ्जालमा गीतको भिडियोको युट्युब लिंकसमेत सेयर गरेका छन्। म्युजिक भिडियो रिलिज भएको चार घण्टामै २१ लाखले हेरेका थिए भने साढे २६ हजार बढीले कमेन्टसमेत गरेका थिए। केही समयपहिले सार्वजनिक गरिएको गीतको टिजर पनि निकै रुचाइएको थियो।

अजय भाटियाको संगीत र सबिर अहमदको रचना रहेको गीतको म्युजिक भिडियोको निर्देशन पनि सलमान आफैंले गरेका छन्। गीतको सुटिङ लकडाउनकै बीचमा सलमानकै पानवेल फर्म हाउसमा गरिएको हो। लकडाउनको पूर्ण पालना गर्दै गीतको सुटिङ चार दिन लगाएर गरिएको सलमानले बताएका छन्।

गीतको भिडियोमा सलमान खान र ज्याकलिन फर्नान्डिजकोको अभिनय छ। ‘रेस–३’ फिल्मपछि सलमान र ज्यालिन यो गीतमार्फत सँगै देखिएका हुन्। अभिनेत्री ज्यालिनले यो गीतबाट आफूलाई ठूलो अनुभव भएको बताएकी छन्। उनले आफूसँग जे उपलब्ध छ, त्यहीबाट काम गर्नुपर्छ भनेर सिकेको प्रतिक्रिया दिएकी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।