ताजा अपडेट »

समयमा नै खेतीगर्ने वातावरण बनाऔं

विहीबार, ०८ जेठ २०७७, २० : १२
22 Shares

चीनको वुहान सहरबाट सुरु भई हाल विश्वभर आतंकित बनाएको कोरोना भाइरस नेपालमा पनि प्रभाव जमाइसकेको छ । देशमा कोरोना संक्रमितको संख्या तीन सय नाघिसकेको छ । कोरोना संक्रमण बढ्न नदिनका लागि देशभर लकडाउनको अवस्था छ। र, यो लकडाउनमा सबै भन्दा बढी दुःख किसानहरुले भोग्नु परेको छ । सम्पूर्ण नेपाली जनता कोरोना कहरबाट क्रसित बनेको बेला किसानहरु भने खेती कसरी लगाउने भनेर चिन्तित छन् । लकडाउनमा सबै बन्द भएतापनि कृषि गतिविधिहरु भने केहि हदमसम्म भएका छन् । लकडाउनमा कृषि उपजको खपत बढी भएको छ । तर,खती लगाउने समय हुँदा पनि सहज वातावरण नबन्दा कृषक चिन्तित बनेका छन् ।

कुरा गरौं कपिलवस्तु जिल्लाका किसानहरुको । सबै भन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लाहरूमा कपिलवस्तु दोस्रो स्थानमा छ् । कोरोना संक्रमण बढ्न नदिनका लागि गत बैशाख २९ गतेदेखि कपिलवस्तु सिल गरिएको छ, जसले गर्दा कपिलवस्तुका किसानहरु मर्कामा परेका छन् । किनभने अहिलेको समय भनेको धानका लागि ब्याडमा बिऊ राख्ने समय हो । तर, धानको बीउ भने उपलब्ध छैन । भारतको सिमानासँग कपिलवस्तु जोडिएको हुनाले त्यहाँका किसानहरु सीमापारीबाट धानको बिऊ, मल, किटनाशक लगाएत अन्य कृषि सामग्रीहरु सजिलै ल्याउने गर्दथे । तर, लकडाउनको कारण अहिले त्यो अवस्था छैन । कपिलवस्तु सिल रहेको हुनाले जिल्लाको सदरमुकाम तौलिहवाबाट पनि बिऊ ल्याउन सकिने अवस्था छैन ।

बिऊ ल्याउनका निम्ति घरबाट निस्केपनि बाटोमा भेटिने सुरक्षाकर्मीहरुले साइकल र मोटरसाइकलको हावा खोलेर फर्काइदिने गर्छ्न । यता फेरि ब्याडमा बिऊ राख्ने समय बित्दै गएको छ । त्यहिँपनि किसानहरुले बिऊ ल्याउन सकिने अवस्था छैन । धानखेती गर्न नपाउँदा खेत बाँझै रहन्छ कि भन्ने डरले किसानहरु झन् बढी चिन्तित भएका छन् । लकडाउनमा पसल र बजार बन्द रहेको हुनाले धानको बिऊ सहज रूपमा नपाइने अवस्था छ । जसले गर्दा कपिलवस्तुका मात्र नभई देशभरका किसानहरु पीडित भएका छन् । समयमै किसानहरुको यो समस्या समाधान गरिएन भने भोकमरी नआउला भन्न सकिन्न त्यसैले कोरोना संक्रमण बढ्न नदिने गरि उच्च सतर्कताका साथ देशभरका किसानहरुलाई कृषि सामग्री अविलम्ब उपलब्ध गराइदिनका लागि सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।

विशेषगरी ग्रामिण क्षेत्रमा कृषि कर्म बढी हुन्छ , जहाँ भिडभाड पनि निकै कम हुने गर्दछ । त्यसस्तै पछिल्लो समयमा कृषि क्षेत्रमा मेशिनरी उपकरणको प्रयोग बढ्दो छ । यी कसरालाई मध्यनजर गर्दै सम्बनिधत तथा सरोकारवाला निकायले अब कृषिजन्य गतिविधिलाई सहज बनाउन आवश्यक छ । करिब २ महिना लकडाउन हुँदा धेरै कृषि उत्पादन खेतबारीमै कुहिएका दृश्यपनि देखिए ।तर,नेपालीहरुको प्रमुख खाद्य धानखेतीको समयमा धानको बिऊ उत्पादन र रोप्न ढिला भएमा अर्को वर्ष संकट देखिने छ । यसबाट अरुका लागि खाद्यान्न उत्पादन गर्ने कृषक स्वयम् आफै भोकमरीबाट गुग्रने समय नआउला भन्न सकिँदैन । तसर्थ कोरोना रोकथाम र नियन्त्रणसँगै कृषि उत्पादनलाई पनि समयमा ध्यान दिन आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।