ताजा अपडेट »

सञ्चारकर्मी पाण्डेका १० मुक्तक

विहीबार, ०८ जेठ २०७७, १९ : ४७
70 Shares

१.
परेका हातमा कठै ठेला, देखाउँदै थियो ।
गराई घरमा सबलाई भेला , देखाउँदै थियो ।
आमा सोध्छिन् ए बाबु कस्तो थियो प्रदेशमा,,
छोरो भने राताम्मै हत्केला देखाउँदै थियो ।

२.
हिंडीरहन्छ वारिपारी भन्नु हुन्छ आमा ।
पाल्ने होला क्यारी भन्नु हुन्छ आमा ।
न कुनै ईलम छ न कुनै रोजगार छ यस्को ,,
खै कसरी पाल्छ बुहारी भन्नु हुन्छ आमा ।

३.
लगाएको छु जे जती गुन, पिरतीको सवालमा ।
सुन ध्यान दिएर सुन, पिरतीको सवालमा ।
म छाड्दीन दिल चोर्न, मुटु भित्र लुकाउन ,,
बरु लागे लागोस् कानुन, पिरतीको सवालमा ।

४.
मन ठान्दी रैछ धडकन ठान्दी रैछ ।
भविष्य ठान्दी रैछ जीवन ठान्दी रैछ ।
अरे यसो के फेसबुकमा कुरा गर्न सुरु भाथ्यो ,
वा आफु मुना वा मलाई मदन ठान्दी रैछ ।

५.
पैला लुरी भन्थे अहिले च्याखुरी भन्छन् ।
लगाउँदै खुच्चिङ् कुरीकुरी भन्छन् ।
ए आमा जब हजुर हामीबाट टाढा हुनु भो ,
मलाई हेला गर्दै सबैजना टुहुरी भन्छन् ।

६.
छोटीछोटी मोटीमोटी गोरी चाइया हो ।
त्यसैमा दिल्दार एउटी मोरी चाइया हो ।
यहाँहरु मध्ये कोहि छ ल हात उठाम् त ,,
अलि हुने खानेहरुको छोरी चाइया हो ।

७.
आउछन् कति जानि नजानि यो दिल भित्र ।
देखाउँदै आउँछन् आनि बानी यो दिल भित्र ।
दुई चार दिनको चिन्जान्मै प्यार हुनु त्यो अलग हो,,
खासमा बसेकीछे एउटी नानी यो दिल भित्र ।

८.
सुन ए सान्नानी के चिन्ता लिन्छौ ।
खाउ बरु पानी के चिन्ता लिन्छौ ।
नपत्याए लेखेर राख यो मंसिर सम्म देख ,
बनाउँछु मनकि रानी के चिन्ता लिन्छौ ।

९.
अरे यार म हार्नुमा सत प्रतिशत थियो ।
खास मेरो बिपक्षमा स्वम् अदालत थियो ।
ए सरकार मात्र दिल चोरेको थें किन कारागार पठाईस ,,
न कुनै चोट थियो न कुनै खत थियो ।

१०.
नगरी ढिला फटाफट सुनाउनु हुन्छ यार ।
भन्दानी सुन्नेले पख सुनाउनु हुन्छ यार ।
सुन्नासाथ ठाउँमै ढलेन भने मनुस १
अरे तपाई के मुक्तक सुनाउनु हुन्छ यार ।

-विक्रम पाण्डे 'समान्ता' / सन्धिखर्क- १२, अर्घाखाँची ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।