६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

बुटवल । प्रदेश ५ मा जेठ १५ गते दिपावली गरिने भएको छ । प्रदेश ५ सरकारले गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गरी मनाउने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश ५ को नीति तथा कार्यक्रम आगामी शनिबार प्रस्तुत गर्नेगरी निर्णय गरेको छ। आगामी १० गते शनिबार प्रदेश सभामा दिउँसो ३ बजे नीति कार्यक्रम प्रस्तुत गरिने भएको हो ।

Advertisement

मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले प्रदेश सरकारले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने, आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड-१९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने तथा आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय गरेको बताए ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया उपलब्ध गराउने समेत निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले बिहीबार चार निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो